एकीकृत बस्तिमा पूजासँग ‘रामकहानी’ हिरोहरुको ठुमका

एकीकृत बस्तिमा पूजासँग ‘रामकहानी’ हिरोहरुको ठुमका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सुदर्शन थापाको निर्देशनमा बनिरहेको सिनेमा ‘रामकहानी’ अहिले छायाँकनको अन्तिम चरणमा छ ।

यसै क्रममा सिनेमाको पहिलो गीतको छायाँकन रौतहटको एकीकृत नमुना बस्ति सन्तपुरमा चलिरहेको छ । ५ दिन देखि चलिरहेको छायाँकन सकिन कम्तिमा अरु १-२ दिन लाग्न सक्नेछ ।

कविराज गहतराजले कोरियोग्राफी गरिरहेको गीतमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, विल्सनबिक्रम राईले एकसाथ कम्मर मर्काइरहेका छन् । कविराजले यो गीतको कोरियोग्राफी आफ्ना उत्कृष्ट कोरियोग्राफीको सुचीमा पर्ने बताए । त्यस्तै निर्देशक थापाले दर्शकलाई नयाँ स्वाद दिउ भनेर सन्तपुरको बस्तिमा गीत छायाँकन गरिएको बताए । थापा भन्छन्, ‘बस्ती बनेदेखि नै यहाँ एउटा गीत खिच्ने रहर थियो । यहाँ आएर खिच्दा साँच्चै रमाइलो लागि रहेको छ ।’

त्यस्तै एकीकृत नमुना बस्तिकी प्रमुख कुन्जना घिमिरेले सिनेमाको माध्यमबाट मासमा यो बस्ति देखाउनलाई यहाँ गीत छायाँकन गरिएको बताइन । सुन्तली ले भनिन्, ‘फेरी नेपाली फिल्मलाई हामीले सर्पोट नगरे कसले गर्ने ?’

अर्जुन पोखरेल शब्द तथा संगीत रहेको ‘तिम्रो लागि म छु दुनियाँ छोडिदेऊ’ बोलको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर छ । भदौ २२ गतेलाई प्रदर्शन मिति तोकिएको ‘रामकहानी’को एउटा गीत र केही दृश्यहरु खिच्न बाँकी छ ।

तस्विर: कुशल घतानी राई