बैशाख १४ मा प्रियंका भर्सेस प्रियंका

बैशाख १४ मा प्रियंका भर्सेस प्रियंका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मिलन चाम्स निर्देशित सिनेमा ‘ह्याप्पी डेज’ अब बैशाख १४ मा रिलिज हुने भएको छ । निर्माण पक्षले यसको आधिकारिक पोस्टर रिलिज गर्दै रिलिज कन्फर्म गरेको हो ।

यसअघि चैत १६ गते रिलिज हुने भनेको सिनेमा बिभिन्न कारणबस स्थगित भएको थियो । चाम्स निर्देशित अर्को सिनेमा ‘लिलिबिली’ यहिँ चैत ३० मा रिलिज हुदैछ । ‘लिलिबिली’ रिलिज लगतै ‘ह्याप्पी डेज’को प्रचारमा उत्रिने निर्देशक चाम्सले जानकारी दिए ।

त्यस्तै चाम्स निर्देशित ‘ब्लाइन्ड रक्स’ फागुन १७ मा रिलिज भएको थियो । यसरि हेर्दा फागुन, चैत र बैशाख महिनामा चाम्सलाई सिनेमा रिलिजको लागी भ्याइनभ्याइको अवस्था सृजना भएको छ ।

लन्डनमा छायाँकन भएको ‘ह्याप्पी डेज’मा दयाहाङ राई, प्रियंका कार्की र संजय गुप्ताको मुख्य भूमिका छ, भने ‘लिलिबिली’मा प्रदीप खड्का, जसिता गुरुङ र प्रियंकाको केन्द्रिय भूमिका छ ।

त्यस्तै बैशाख १४ मा रिलिज हुने ‘कोहलपुर एक्सप्रेस’मा पनि प्रियंकाको मुख्य भूमिका छ । जुन सिनेमालाई अभिनेत्री केकी अधिकारीले निर्माण गरेकी हुन् । अब जेठमा १४ मा रिलिज हुने दुई सिनेमाको प्रचारमा हिड्न प्रियंकालाई गार्है पर्ने देखिन्छ ।