नम्रता र विपिनको ‘प्रसाद’ घोषणा, लेखनमा पत्रकार पौडेलको डेब्यु

नम्रता र विपिनको ‘प्रसाद’ घोषणा, लेखनमा पत्रकार पौडेलको डेब्यु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता विपिन कार्की पुन: एक पटक पर्दामा दोहरिने भएका छन् ।

यी दुईको मुख्य भूमिका रहने सिनेमा ‘प्रसाद’को सोमबार राजधानीमा प्रेसमिट गरि अफिसियल जानकारी दिईयो । विपिन र नम्रतालाई यसअघि दर्शकले ‘छड्के’ र ‘ताण्डव’मा हेरिसकेका छन् ।

बैशाख पहिलो सातादेखि छायाँकनमा जाने सिनेमालाई दिनेश राउतले निर्देशन गर्नेछन् । भने, यहिँ सिनेमाबाट सिनेपत्रकार सुशील पौडेलले कथा लेखनमा डेब्यु गरेका छन् । निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा लेखेका पौडेलले आफुले देखेको र बुझेको समाजको कथालाई उतार्ने प्रयास गरेको बताए ।

उनले भने ‘ यदी फिल्म दर्शकको मनसम्म बस्न सके म आफूलाई भाग्यमानी ठान्नेछु नभए मैले अझै मेहनत गर्नुपर्छ भन्ने पाठ सिक्ने छु ।’ 

त्यस्तै यसअघि ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता लभस्टोरी सिनेमा निर्देशन गरेर पहिलो पटक थ्रिल जानराको ‘पर्व’ निर्देशन गरेका निर्देशक राउतले यसपटक फ्यामिली ड्रामामा आफुलाई ढाल्ने कोशिस रहेको बताए ।

उनि भन्छन ‘लभस्टोरी फिल्म निर्देशन गर्दैगर्दा मैले थ्रिलर जनराको ‘पर्व’ बनाएँ । ‘प्रसाद’ फ्यामिली ड्रामा हो । रुवाउन र हँसाउन त नसक्ला तर यस फिल्मले सोच्न भने बाध्य बनाउँछ ।’

उता ‘प्रसाद’मा पति-पत्नीको भूमिकामा देखिन् लागेका विपिन र नम्रताले सिनेमाको कथा बलियो भएकाले गर्न तयार भएको बताए । सिनेमामा यी दुईका अलावा नविन मानन्धरको पनि मुख्य भूमिका रहनेछ ।

सिनेमामा सुवास भुसाल/कोशिस क्षेत्रीको संगीत र सुभाष थापाको लगानी रहेनछ ।