सरप्राइज दिदै केकी र ऋचा !

सरप्राइज दिदै केकी र ऋचा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यदि तपाईले ‘फूडमान्डु’बाट घरमा खाजा अर्डर गर्नुभएको छ भने, सरप्राइज हुन् तयार भए हुन्छ । किनकी तपाईको खाजा लिएर अब ‘फूडमान्डु’का स्टाफ आउने छैनन् ।

आखिर कसले पुर्याइ दिन्छ त घरसम्मै तपाईको खाजा ? जेठ १४ गते रिलिज हुने सिनेमा ‘कोहलपुर एक्सप्रेस’को बारेमा त सुन्नु नै भएको होला ? नसुनेको भए अब तपाईको घरमा यहिँ सिनेमाका कलाकार केकी अधिकारी र ऋचा शर्मा तपाईको मन पर्ने खाजा लिएर आउने छन् । र तपाईसँगै बसेर ‘कोहलपुर एक्सप्रेस’का बारेमा गफ गर्नेछन् ।

यो ‘कोहलपुर एक्सप्रेस’ले गरेको सिनेमाको नयाँ प्रचारको तरिका हो । ट्रेलर र संगीतले हाइप सिर्जना गरेपछी ‘कोहलपुर एक्सप्रेस’ निर्मात्री केकीले सुरु गरेको यस नयाँ प्रचार तरिकाबाट, पहिलो दिन राजधानीका केहि दर्शकले ‘ओ माई गड’ भन्दै जिब्रो टोके । केकी र ऋचाले बुधबार राजधानीमा खाजा पुर्याउने क्रममा सिनेमाको टिसर्ट पनि गिफ्ट गरे ।

पहिलो पटक घरमै पुगेर दर्शकसँग साक्षात्कार गर्दा केकी रमाईलो भएको बताइन । विशाल भण्डारी निर्देशित कमेडी जानराको सिनेमामा केकी र ऋचाका अलावा प्रियंका कार्की, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ ।

‘कोहलपुर एक्सप्रेस’मा अर्जुन पोखरेल/कालीप्रसाद बाँस्कोटा/राजनराज सिवाकोटीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, बिशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथा/संवाद र भद्र बहादुर शाही/देवीलाल नयौपाने (पण्डित)/शिव प्रसाद चौलागाईको लगानी रहेको छ ।