‘सुनकेसरी’को पाँच दिने कमाई

‘सुनकेसरी’को पाँच दिने कमाई

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘सुनकेसरी’ले १ करोड माथि ग्रस कमाएको खुसियालीमा केक काटेको छ । मंगलबार राजधानीको कुमारी हलमा अभिनेतत्री/निर्मात्री ऋचा शर्माले केक काटेर निर्देशक अर्पण थापालाई खुवाइन ।

ऋचाले दिएको जानकारी अनुसार सिनेमाले प्रदर्शनको पहिलो पाँच दिनमा १ करोड ४ लाख ग्रस कमाइ गरेको छ । १ करोड ३० लाख बजेटमा निर्मित सिनेमाले बक्स अफिसमा हरर जानराका लागि सुखद सुरुवात गरेको थियो । सिंगल भन्दा मल्टीप्लेक्समा राम्रो गैरहेको ‘सुनकेसरी’, करोड क्लबमा इन्ट्री गर्ने पहिलो नेपाली सिनेमासमेत बनेको छ ।

केक काट्दै गर्दा ‘सुनकेसरी २’ सन् २०२० सम्म प्रदर्शनमा ल्याइने पनि बताइयो । ‘सुनकेसरी’को प्रिमियरमै यसको सिक्वेल घोषणा गरिएको थियो । सिनेमामा दोस्रो भागका लागि कथा पनि टुंग्याइएको छ । ‘सुनकेसरी’बाट मिस्रित प्रतिक्रिया पाएपछि ऋचा र अर्पण आगामी सिनेमामा गल्तीहरु सुधार्ने बताउछन ।

सिनेमामा ऋचासँगै रविन्द्र झा, सन्नी ढकाल, लॉरेन लॉफबर्गको मुख्य भूमिका छ ।

भिम न्यौपाने, ऋचा शर्मा र शर्मिला सापकोटाले निर्माण गरेको सिनेमामा कालीप्रसाद बाँस्कोटा/विजय अधिकारीको संगीत, रह शर्माको छायाँकन र इयान स्कॉट क्लेमेंटको सम्पादन रहेको छ ।