साउनमा दीलिपको ‘पिरिम पर्या छन्’

साउनमा दीलिपको ‘पिरिम पर्या छन्’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पुरन थापाले निर्देशन गरेको कमेडी सिनेमा ‘पिरिम पर्या छन्’को प्रदर्शन मिति तय भएको छ । निर्देशक थापाले सिनेमाको फस्टलूक पोस्टर रिलिज गर्दै साउन २५ मा रिलिज गर्ने जानकारी दिएका हुन् ।

थापाकै लेखन रहेको सिनेमामा दीलिप रायमाझी, जयकिसन बस्नेत, सुवास मेचे,रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला,चाँदनी कोइराला लगायतका कलाकारले अभिनय गरेका छन् ।

माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको ‘पिरिम पर्या छन्’लाई बिमल ढकालले खिचेका हुन् ।

गाउँले परिवेशको समाजीक हाँस्य फिल्मका रुपमा बताइएको ‘पिरिम पर्या छन्’का गीतमा बिकास चौधरी र बिनोद भुजेलको संगीत र बाबु बलामीको द्धन्द्ध छ । सिनेमालाई सुनील मानन्धर र रोहित–रत्नले बितरण गर्दैछन् ।

निर्देशक थापाको नयाँ सिनेमा ‘फेरि फेरि’ निर्माणको अन्तिम चरणमा पुगेको छ । अर्पण थापा र ऋचा शर्मा प्रमुख भूमिकामा रहेको सो सिनेमाभन्दा अघिनै पुरनले ‘पिरिम पर्या छन्’ दर्शकमाझ ल्याउन लागेका हुन् ।