देशका चार शहरमा अनमोलको कन्सर्ट हुने

देशका चार शहरमा अनमोलको कन्सर्ट हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – देशका प्रमुख चार शहरहरुमा सुपरस्टार अनमोल केसीले लाईभ प्रस्तुति दिने भएका छन् । शनिबार राजधानीको पाँचतारे होटलमा आयोजक संस्था मोनिका इन्टरनेशनल ग्रुपले पत्रकार सम्हेलन गर्दै ‘अनमोल साँझ २०१८’ बारे जानकारी दियो ।

आन्तरिक पर्यटन प्रवर्द्धन, कला सँस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका निभाउने तथा नेत्रहिन महिला संघ नेपाललाई सहयोग गर्ने उद्देश्यले गर्न लागिएको कार्यक्रम भाद्र ९ गते बुटवल, भाद्र १६ गते पोखरा, भाद्र २३ गते चितवन र भाद्र २७ विर्तामोडमा आयोजना हुनेछ ।

अनमोल सामाजिक कार्य र सार्वजनिक कार्यक्रममा पहिलो पटक सरिक हुन् लागेका हुन् । शनिबारको पत्रकार सम्हेलनमा अनमोल आफै उपस्थित भएर कार्यक्रमको बारेमा जानकारी दिएका थिए । अनमोलले भने ‘अहिलेसम्म मैले सामाजिक कार्यका लागि भनेर कुनै काम गरेको थिइन । यो मेरो लागि ठूलो अवसर हो । साथै, प्रशंसकसँग प्रत्यक्ष रुपमा भेट गर्न मलाई यो कार्यक्रमले ठूलो सहयोग गर्नेछ ।’ अनमोलले यो कन्सर्टका लागि पारिश्रमिक नलिएको पनि बताए ।

अनमोलको यो टुरमा प्रियंका कार्कीले स्टेज शेयर गर्नेछिन । अन्य कलाकारको टुंगो चाँडै लाग्ने आयोजक संस्थाको भनाई छ । अनमोलले गायिकी र नृत्य मार्फत दर्शकलाई मनोरंजन दिनेछन् । अनमोल हेलिकप्टर मार्फत कार्यक्रममा उपस्थिति हुने बारे पनि जानकारी गराइयो ।

आयोजक संस्था मोनिकाका अध्यक्ष कमल जिसीले पर्यटन प्रर्बद्धन तथा विशुद्द सामाजिक कार्यका लागि ‘अनमोल साँझ’ गर्न लागिएको बताए । कार्यक्रममा नेत्रहिन महिला संघकी अध्यक्ष सिता सुवेदी पनि उपस्थित थिइन् ।

चारवटै शहरमा मनोरञ्जनात्मक कार्यक्रमको साथमा पर्यटन प्रर्बद्धन हुने, कला संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने कार्यक्रमहरु तथा शिक्षा मूलक सडक नाटक तथआ स्थानिय नयाँ प्रतिभालाई प्रोत्साहन समेत गरिने आयोजक संस्थाका अध्यक्ष जिसीले जानकारी दिए ।

The Cinema Times TV