सुर्य इन्टनेशन अवार्ड: अनमोल, पलदेखि प्रदीपसम्मको प्रतिस्पर्धा

सुर्य इन्टनेशन अवार्ड: अनमोल, पलदेखि प्रदीपसम्मको प्रतिस्पर्धा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – जापानको टोकियो शहरमा पहिलो पटक हुन् गैरहेको ‘सुर्य इन्टरनेशन अवार्ड २०१८’ को लागि उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । राजधानीको होटल र्याडिसनमा पत्रकार सम्हेलन गरि सिनेमा र संगीत विधाका ६/६ विधामा मनोनयन सार्वजनिक हो ।

अवार्डमा सिनेमा तर्फका उत्कृष्ट सिनेमा,  अभिनेता, अभिनेत्री, सहअभिनेता, सहअभिनेत्री र निर्देशकको विधा छन् । त्यस्तै संगीत तर्फ उत्कृष्ट (गायक/गायिका) पप, आधुनिक र लोक विधामा छन् । भदौ ३१ गते सम्पन्न हुने अवार्ड समारोहमा नेपालबाट ४ दर्जन बढी कलाकर्मी र केहि पत्रकारलाई उपस्थित गराइने अवार्डका अध्यक्ष बासुदेव लामिछानेले बताए । उत्कृष्ट पाँचको मनोनयनमा अटाएका कलाकर्मीलाई जिताउन संसारभर बाट भोटिङ गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

नेपालमा कलाकर्मी व्यवस्थापन र फारम वितरण तथा संकलन गर्न बरिष्ठ पत्रकार नरेश भटट्राई र चलचित्र पत्रकार संघ नेपालका सचिव समीर बलामीलाई जिम्मेवारी दिईएको बासुदेव लामिछानेले बताएका छन् ।

विधागत रुपमा मनोनित कलाकर्मीको सुची

फिल्म तर्फ

१) उत्कृष्ट फिल्म
छक्का पञ्जा २
ए मेरो हजुर २
शत्रुगते
म यस्तो गीत गाँउछु
कृ

२) उत्कृष्ट निर्देशक
दीपाश्री निरौला (छक्का पन्जा २)
झरना थापा (ए मेरो हजुर २)
प्रदिप भट्टराई (शत्रुगते)
सुर्दशन थापा (म एस्तो गीत गाउँछु)
मिलन चाम्स (लिलिबिली)

३) उत्कृष्ट सहअभिनेता
केदार घिमिरे (छक्का पन्जा २)
बुद्धि तामाङ (नेप्टे)
सलोन बस्नेत (ए मेरो हजुर २)
अनुप विक्रम शाही (कृ)
प्रशान्त ताम्राकार (ऐश्वर्य)

४) उत्कृष्ट सह अभिनेत्री
बर्षा राउत (छक्का पन्जा २)
प्रियंका कार्की् (लिलिबिली)
केकी अधिकारी (ऐश्वर्य)
अनु शाह (कान्छी)

अशिष्मा नकर्मी (संरक्षण)

५) उत्कृष्ट अभिनेता
अनमोल के.सी (कृ)
प्रदिप खड्का (लिलिबिली)
पल शाह (म एस्तो गीत गाउँछु)
पुष्पल खड्का (मङ्गलम)
दयाहाङ राई (घामपानी)

६) उत्कृष्ट अभिनेत्री
साम्राज्ञी राज्य लक्ष्मी शाह (ए मेरो हजुर २)
पुजा शर्मा (म एस्तो गीत गाउँछु)
श्वेता खड्का (कान्छी)
शिल्पा पोखरेल (मङ्गलम)
निता ढुङ्गाना (पंचायत)

गीत तर्फ

पप तर्फ

१) उत्कृष्ट गायक
सुगम पोखरेल
कमल खत्री
अनिल सिहं
काली प्रसाद बास्कोटा
हिमाल सागर

२) उत्कृष्ट गायिका
इन्दिरा जोशी
अमृता लिम्बु
मिलन अमात्य
एन्जिला रेग्मी
रबिना थापा

आधुनिक तर्फ

१) उत्कृष्ट गायक
प्रमोद खरेल
शिव परियार
राम कृष्ण ढकाल
हेमन्त शर्मा
राजेश पायल राई

२) उत्कृष्ट गायिका
अन्जु पन्त
मेलिना राई
रिता के.सी
टिका प्रसाई
सिर्जना खत्री

लोक तर्फ

१) उत्कृष्ट गायक
नविन पौडेल
रमेश राज भट्टराई
खुमन अधिकारी
रामजी खाँड
प्रकाश कटुवाल

२) उत्कृष्ट गायिका
ज्योति मगर
रमिला न्यौपाने
सम्झना मगर
मुना थापा
देवी घर्ती मगर