देशका ६ ठुला सहरमा ‘कान्तिपुर फिल्म एकेडेमी’ले वर्कसप गर्ने

देशका ६ ठुला सहरमा ‘कान्तिपुर फिल्म एकेडेमी’ले वर्कसप गर्ने

द सिनेमा टाइम्स
0
Shares

कान्तिपुर फिल्म एकेडेमीले देशका विभिन्न ठुला ६ सहरमा एक एक हप्ते सिनेमा मेकिङ वर्कशप गर्ने भएको छ । सिनेमा निर्माण सम्बन्धी शिक्षा दिने र सिनेमा साक्षरता बढाउनुका साथै नयाँ जागरुक सिनेमा मेकर तथा कथा लेखकलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ वर्कसप आयोजना गर्न लागेको कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले बताए ।

वर्कशप इटहरीमा भदौ ३ देखि ८ गतेसम्म, हेटौँडामा भदौ १० गतेदेखि १५ गतेसम्म, नारायणघाटमा भदौ १७ गते देखि २२ गतेसम्म, पोखरामा भदौ २४ गतेदेखि २९ गतेसम्म, बुटवलमा भदौ ३१ गतेदेखि असोज ५ गतेसम्म र नेपालगञ्जमा असोज ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछन् । सबै शहरमा बिहानको १० बजेदेखि बेलुकी ५ बजेसम्म सैद्धान्तिक र व्यावहारिक तरिकाबाट वर्कशप सञ्चालन हुनेछ र सिनेमा निर्माण सम्बन्धी चासो भएको जो कोही पनि सहभागी हुन पाउनेछन् ।

काठमाण्डौ बाटै दक्ष प्रशिक्षक र अत्याधुनिक क्यामेरा एवम् सामग्रीहरु ल्याई सञ्चालन गरिने वर्कशपबाट मौफसलमा लुकेर रहेका प्रतिभा तथा कथाहरुलाई बाहिर ल्याउनमा प्रत्यक्ष सहयोग पुर्याउनेछ । पहिलो चरणको वर्कसपपछि बाँकी रहेका अन्य शहरहरुमा पनि यस्तै वर्कसप सञ्चालन सिइओ पुरीको भनाई छ ।