पोखरामा आर्यनले भने, लभस्टोरी मनपराउनेका लागी ‘कायरा’ उत्कृष्ट सिनेमा

पोखरामा आर्यनले भने, लभस्टोरी मनपराउनेका लागी ‘कायरा’ उत्कृष्ट सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आर्यन सिग्देल र साम्रज्ञी राज्यलक्ष्मी शाह स्टारर सिनेमा ‘कायरा’ आगामी शुक्रबार देखि अलनेपाल रिलिज हुदैछ । सिनेमाको सार्वजनिक गीत संगीत र ट्रेलरबाट एक प्रकारको हाइप बनाइसकेको छ । दर्शकमाझ आफ्नो गतीलो प्रभाव जमाइरहेको सिनेमाको निर्माण टिमले आफ्नो प्रचारलाई आक्रमक बनाइरहेको छ ।

म्यूजिकल लभस्टोरी जनरामा निर्मित यस सिनेमाको टिम पोखराबासीलाई सिनेमाको विषयमा जानकारी गराउन शनिबार पोखरा पुगेको हो । निर्माण टिमले पोखरामा आयोजना गरेका बाइक र्यालीमा सहभागी हुन सिनेमाका मुख्य दुई पात्र आर्यन सिग्देल र साम्रज्ञी राज्यलक्ष्मी शाह पुगेका थिए ।

बाइक र्याली पश्चात निर्माण टिमले आयोजना गरेको पत्रकार सम्मेलनमा नायक आर्यन सिग्देलले ‘कायरा’ विशुद्ध लभस्टोरी सिनेमा रहेको बताए । सिनेमामा सामाजिक सन्देश भन्दा पनि भरपुर मनोरञ्जन पाउनुहुन्छ । तपाईहरुलाई प्रेमकथा मनपर्छ भने ‘कायरा’ तपाईको लागी प्रफेक्ट सिनेमा हो । यसले तपाईको मनछुन सक्छ ।

यता सिनेमाकी मुख्य पात्र साम्रज्ञीले आर्यनसँग काम गर्न पाउँदा रमाइलो महसुस भएको भन्दै, मलाई आर्यन दाईले सिनेमाको स्कृप्ट सुनाउदा नै म भावुक भएको थिएँ । स्कृप्ट अनुसार नै सिनेमा बनेकोले दर्शकले सिनेमा मन पराउनेमा ढुक्क छौ ।

यस्तै सिनेमाका निर्देशक लक्ष्मण रिजालले आफुले राम्रो सिनेमा निर्माण गरेकोले एकपटम हलमा गएर सिनेमा हेरिदिन आग्रह गरे । सिनेमा अभिनेता आर्यन सिग्देलको होम प्रोडक्शनमा निर्माण भएको हो । सिनेमाको कथा उनी स्वयंले लेखेका हुन् । सिनेमामा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ ।

कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । सिनेमामा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । शिवराम श्रेष्ठले सिनेमाका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् ।