‘कायरा’लाई दर्शकको साथ, यस्तो छ दुई दिने बक्सअफिस रिपोर्ट

‘कायरा’लाई दर्शकको साथ, यस्तो छ दुई दिने बक्सअफिस रिपोर्ट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आर्यन सिग्देल र साम्रज्ञी राज्यलक्ष्मी शाह स्टारर सिनेमा ‘कायरा’ले शुक्रबार यो वर्ष कै उच्च व्यापार गर्दै सुखद सुरुवात गरे थियो । शुक्रबार सिनेमाको ६० प्रतिशत आसपासमा ओपनिङ अकुपेन्सी थियो । यस्तै शनिबार यो उकालो लागेको ग्राफ पानीका बाबजुद् विहानी शोमा ९० प्रतिशत र दिवा शोमा शतप्रतिशत अकुपेन्सी कायम गरेको थियो ।

लभस्टोरी मनपराउने युवा वगका दर्शले ‘कायरा’लाई उत्कृष्ट प्रतिक्रिया दिएका छन । आर्यन र साम्राज्ञीको जोडीलाई दर्शले अत्याधिक रुचाएका छन् । सिनेमा हेर्न गएका दर्शकसँग साक्षत्कार गर्न सिनेमाका मुख्य दुई पात्र आर्यन र साम्राज्ञी शनिबार विभिन्न हलमा पुगेका थिए । हल पुगेको यो जोडीसँग सेल्फी खिच्ने दर्शकको भिड लामै थियो ।

मध्यान्तरपछि अष्टनारायण छिरेका आर्यन र साम्राज्ञीले सिनेमा नै रोकेर दर्शकलाई अभिवादन गरे भने फिल्म रुचाइदिएकोमा धन्यवाद दिएका थिए । शनिवार दिउँसोदेखि साँझसम्म काठमाण्डौका जय नेपाल, कुमारी, सिभिल मल, लबिम मल, बीग मुभिजमा सिनेमाले पाएको सबै शोमा हाउसफुलका साथ दर्शकले सिनेमा हेरे । राजधानीका गोपीकृष्ण, गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हल पनि हाउसफुल रहे ।

यस्तै, काठमाण्डौ बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक देखिएको वितरक सुनील मानन्धरले जानकारी दिए । उनले ‘कायरा’ को कलेक्सन यस वर्ष प्रदर्शनमा आएका सिनेमाहरु भन्दा उच्च रहेको दाबी गरेका छन् । दिउँसो दर्शक प्रतिक्रिया बुझ्न अष्टनारायण पुगेका उनले भने, ‘राजधानी भित्र र बाहिरका हलमा दर्शक अभाव छैन । कति त टिकट नपाएर घर समेत फर्किए । नेपाली सिनेमाप्रति दर्शकको यस्तो क्रेज निकै कम देख्न पाइन्छ । मुसालधारे पानीका बाबजुद् पनि दर्शकहरु सिनेमा हेर्न हल पुगिरहेका छन् ।’ उनले सिनेमाको दुई दिने कलेक्सन करोड माथि हुने बताए ।

सिनेमाका निर्माता समेत रहेका अभिनेता आर्यन सिग्देलले दर्शकको साथ र मायाबाट आफू प्रफुलित भएको सुनाए । उनी भन्छन्, ‘ओपनिङदेखि नै पानी परिरहेको छ । तर दर्शकले पानीलाई पनि मात दिएर हलसम्म गएर सिनेमा हेरिरहनु भएको छ, त्यो हाम्रो लागि खुसीको कुरा हो ।’ उनले आफ्नो र साम्राज्ञीको केमेस्टी रुचाइदिएकोमा पनि दर्शकलाई धन्यवाद दिए ।

अभिनेत्री साम्राज्ञी सिनेमालाई मिलेको सुखद प्रतिक्रियाबाट उत्साहित भएको बताउँछिन् । उनी भन्छिन्, ‘हाम्रो मिहिनेत कस्तो होला भन्ने खुब डर थियो । दर्शकले राम्रो भन्दा मन फुरुङ्ग भएको छ ।’ हलमा उनीसँग सेल्फी खिच्नका लागि दर्शकबीच नै हानाथाप भएको थियो । साम्राज्ञीसँग सेल्फी खिच्नकै लागि बिहानैदेखि गोपी र अष्टनारायण हलमा सयौं युवती फ्यानहरु कुरेर बसेका थिए ।

(पहिलो दिन ३४ लाख ६५ हजार ५ सय ९४ रुपैयाँ  दोस्रो दिन कुल ६२ लाख २ हजार ४ सय ३३ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । )