‘तिमी र म’मा कविर र सुर्याको जोडी

‘तिमी र म’मा कविर र सुर्याको जोडी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – ‘तिमी र म’ नाममा सिनेमा निर्माण हुने भएको छ । बुधबार काठमाडौमा एक कार्यक्रमका बीच सिनेमा बन्ने औपचारिक घोषणा गरियो । यो सिनेमामा अभिनेता कविर खड्का र डाक्टर सुर्या थापाको जोडी बाँधिएको छ । भने सिनेमाको लागी एक नायक र एक नायिकाको खोजी भैरहेको निर्देशक सरोज पोखरेलले बताए ।माघबाट फ्लोरमा जाने यस सिनेमाको सम्पुर्ण छायांकन अष्ट्रेलियामा गरिने छ । लभस्टोरी जनरामा निर्माण हुने सिनेमालाई सरोज पोखरेल र अष्ट्रेलियन निर्देशक मेट विल्लिम्सले संयुक्त रुपमा निर्देशन गर्नेछन् ।सुनौलो सपना बोकेर अष्ट्रेलिया पुगेका युवाहरुको कथा सिनेमाले वाचन गर्ने निर्देशक पोखरेलले बताए ।

१ करोड ५० लाखमा निर्माण भ्याउन लक्ष्य लिइएको उक्त सिनेमा एनएसएम क्रियशनको ब्यानरमा निर्माण हुन लागेको हो । कमला पोखरेल, चन्द्र बहादुर खड्का र भुषन पोखरेलको निर्माण रहने ‘तिमी र म’ को कथा उत्कृष्ट लागेर काम गर्न लागेको अभिनेता खड्काले बताए । दुवै यो सिनेमा करिअरका लागि सञ्जीवनी बुटी साबित हुनेमा आशावादी छन् ।