‘कप्टी’को अफिसियल घोषणा

‘कप्टी’को अफिसियल घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – नेपाली सिनेमा ‘कप्टी’ निर्माण हुने भएको छ । भ्याली फिल्म एकेडेमीको व्यानरमा निर्माण हुने सिोमाको शनिबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमका बिच सिनेमा बन्ने औपचारीक घोषणा गर्नुका साथै शुभमुर्हत पनि गरियो । शुभमुर्हत कार्यक्रममा सिनेमाको निमार्ण टिम र कलाकार सकेत सार्वजनिक गरिएको थियो ।भुपेन्द्र गुरुङको लेखन तथा निर्देशनमा बन्ने सिनेमा ‘कप्टी’मा उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, केशव राई, स्मृति बलामी, सोनी गुरुङ, विकास गुरुङ, बिनु गुरुङ लगायतका कलाकारहरुको अभिनय रहने छ। सिनेमालाई मदन कश्यप घिमिरेले छायांकन रहने छ, भने यता सिनेमामा समाबेश गीतमा नारायण रायमझी, मेलिना राई, धर्मेन्द्र सेवान, टिका पुन र तारा सिरिस मगरको अवाज रहने छ ।

मौलिक नेपाली कथामा बन्ने सिनेमा ‘कप्टी’का निर्माताहरुमा प्रेमबहादुर गुरुङ, मिनु लामा, देवबहादुर गुरुङ रहेका छन् । सोलुखुम्बुको जुबु र आसपासका क्षेत्रमा छायांकन गरिने सिनेमा ‘कप्टी’ आफ्नै पिताका हत्यारासंगको बदला र जीवन संघर्षको कथा बोल्ने निर्माण पक्षले भनाई छ ।