अशोक शर्माको ‘रातो टीका निधारमा’ अर्को दशैमा रिलिज हुने !

अशोक शर्माको ‘रातो टीका निधारमा’ अर्को दशैमा रिलिज हुने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – निर्माता तथा निर्देशक अशोक शर्माले नयाँ सिनेमा ‘रातो टीका निधारमा’ निर्माण घोषणा गरेका छन् । अशोकले यो निर्माण घोषणासँगै रिलिज डेट पनि तोकिदिएका छन् । यो सिनेमा अब २०७६को दशैंमा रिलिज हुने छ । फुलपातीको दिनबाट अल नेपाल प्रदर्शनमा आएको सिनेमा जय भोलेले राम्रो व्यापार गरेसँगै उनले नयाँ सिनेमाको निर्माण घोषणा गरेका हुन् ।हलमा चलिरहेको सिनेमा ‘जय भोले’ले एक सातामै लगानी सुरक्षित गरेको दाबी गर्दै यसका निर्माता तथा निर्देशक शर्माले अर्को बर्षको दशैंमा ‘रातो टीका निधारमा’ रिलिज गर्ने बताएका छन् । सिनेमा ‘जय भोले’ले एक सातामा करिब ३ करोड ग्रस कलेक्शन गरेको उनको दाबी छ ।

सिनेमा ‘रातो टीका निधारमा’मा कलाकार पनि फाइनल भएका छैनन् । यो सिनेमामा अशोक शर्माले नै बनाएको ‘अल्लारे’ चलचित्रको ‘रातो टिका निधारमा टलक्क टल्कियो’ बोलको गीत पनि समावेश हुनेछ ।