‘सम्हालिन्छ कहिले मन’ का लागि पूजाले लिइन् १५ लाख

‘सम्हालिन्छ कहिले मन’ का लागि पूजाले लिइन् १५ लाख

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एकपछि अर्को सफल सिनेमा दिएकी नायिका पूजा शर्माले चलचित्र ‘सम्हालिन्छ कहिले मन’ का लागि १५ लाख रुपैयाँ पारिश्रमिक लिएकी छिन् । यसअघिका दुई सिनेमा ‘रामकहानी र ‘म यस्तो गीत गाउँछु’मा पूजाको अभिनयसँगै लगानी पनि थियो । यसपटक भने उनले सिनेमामा अभिनय मात्र गर्ने निर्माण टिमले बताएको छ ।

सिनेमामा पूजा शर्माको जोडीका रुपमा सोनम तोप्देन देखिने छन । निर्माण टिमका अनुसार सिनेमाका लागि अझै एक नायकको खोजी भइरहेको छ । सिनेमाका निर्देशनको जिम्मा भने सुदर्शन थापाले नै गर्नेछन् । यसअघि पूजा र सुदर्शनले ‘रामकहानी’, ‘म यस्तो गीत गाउँछु’, ‘प्रेमगीत’ मा एकसाथ काम गरिसकेका छन् ।

सिनेमा एभी प्रोडक्सनको ब्यानरमा निर्माण हुने भएको हो ।