विपिन र सुरक्षाको गोपी २ महिनाअघि नै रिलिज हुने

विपिन र सुरक्षाको गोपी २ महिनाअघि नै रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यसअघि चैत १५ मा रिलिज हुने भनिएको सिनेमा ‘गोपी’ अब माघ १८ मै रिलिज हुने भएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको सिनेमा ‘गोपी’मा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । विपिन र सुरक्षाले पहिलोपटक सँगै काम गरेका हुन् ।

सिनेमाको पोस्ट प्रोडक्सन पनि चाँडै सकिएको र देशविदेशका दर्शकले सिनेमा अलि छिट्टै रिलिज गर्न आग्रह गरेपछि माघ १८ मा आउन लागेको निर्देशक दीपेन्द्र लामाले बताए । आफ्नो पहिलो सिनेमा ‘घामपानी’ले जस्तै ‘गोपी’ले दर्शकलाई सन्तुष्ट बनाउने दावी लामाको छ ।

‘गोपी’लाई नेपालभर मनोठ राठी र उज्ज्वल पौडेलको वैंकेटस इन्टरटेनमेन्टले वितरण गर्नेछ । निर्माता मणिकर्ण केसी र वितरकका तर्पmबाट मनोज राठीले सोमबार वितरण सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ‘सिनेमाको रिलिजबारे विभिन्न मितिको अध्ययन गर्दा सबैभन्दा अनुकूल माघ १८ देखिएकोले पनि हाम्रो छनोटमा उक्त दिन परेको हो,’ निर्माता केसीले प्रष्ट्याए ।

आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘गोपी’का कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । एमए पढेर पनि गाईपालनमा होमिएका एक युवकको संघर्षकथा सिनेमामा समेटिएको पटकथा लेखक सामिप्यराज तिमल्सिना अवगत गराउँछन् ।

काठमाडौंको टोखा क्षेत्रमा छायांकन गरिएको ‘गोपी’मा शैलेन्द्रध्वज कार्कीको सिनेमाटोग्राफी, निमेष श्रेष्ठको सम्पादन, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत तथा विप्लव प्रतीक र बुद्धिसागरको गीत समावेश छ ।