सरोज खनालले सञ्चालनमा ल्याए ‘माला आर्टस् एकाडेमी’

सरोज खनालले सञ्चालनमा ल्याए ‘माला आर्टस् एकाडेमी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एक समयका सुपरस्टार अभिनेता सरोज खनालले काठमाडौंको दरबार मार्ग स्थीत ‘माला आर्टस् एकेडेमी’ सञ्चालनमा ल्याएका छन् । सिनेमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ आफुले माला आर्टस् एकाडेमी सञ्चालनमा ल्याएको बताए ।नेपाली सिनेमाका पाका अभिनेता सरोज खनालले सञ्चालनमा ल्याएको एकाडेमीको उद्घाटन समारोहमा शनिबार नेपाली सिनेमा क्षेत्रका हस्तीहरुको बाक्लो उपस्थीती रहेको थियो । माला आर्टस् एकाडेमीको उद्घाटन भएसँगै सञ्चालमा आएको एकाडेमीकी अध्यक्ष चन्द्रमाला शर्माले बताइन् । नयाँ पुस्तालाई आफ्नो क्षेत्रमा पोख्त बनाउने उद्देश्य यो एकाडेमीले लिएको छ ।

सरोज खनालको एक्टीङ स्कुलको उद्घाटनम कार्यक्रममा बरिष्ठ कलाकार शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल,सुनिल थापा लगायतका कलाकारको उपस्थीती रहेको थियो । उक्त स्कुलका सञ्चालक तथा पाका अभिनेता सरोज खनालका अनुसार यो एकाडेमीमा एउटा कोर्सको ६० हजार शुल्क लाग्ने छ ।