‘प्रेमलीला’ पोस्टरमा दुई नायकसँग दिपशिखाको रोमान्स !

‘प्रेमलीला’ पोस्टरमा दुई नायकसँग दिपशिखाको रोमान्स !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ २५ गतेलाई रिलिज मिती तय गरिएको सिनेमा ‘प्रेमलीला’को चार पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक पोस्टरमा सिनेमाका तीन मुख्य पात्र दिपशिखा खड्का, भारतीय मोडल अली खान र मौसम खड्कालाई स्थान दिइएको छ । पोस्टरमा मुख्य कलाकार तथा निर्माता दिपशिखा खड्काको मुख्य दुई नायकसँगको प्रेमभाव देखाइएको छ ।अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको सिनेमाको फर्स्ट लुक र पहिलो गीत ‘जाने क्या हुवा ए’ यसअघि सार्वजनिक भइसकेको छ । सिनेमामा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । सिनेमामा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।

सिनेमामा दीपशिखा अलि र मौसमसँगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथा तथा लेखन रहेको सिनेमालाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।