सलोन भन्छन्, ‘पारिश्रमिकको कुरै नगरौँ’

सलोन भन्छन्, ‘पारिश्रमिकको कुरै नगरौँ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सलोन बस्नेत अभिनित सिनेमा ‘सुश्री सम्पत्ति’ रिलिजको तयारीमा छ । कमेडी जानरामा निर्माण भएको यो सिनेमा आउँदो मंसिर २८ गतेबाट प्रदर्शन हुँदैछ । सलोनसँगै सिनेमामा सारा सिर्पाली, विनोद न्यौपाने, प्रमोद अग्रहरी लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

सम्भवतः उक्त सिनेमामा सलोनको जोडी सारा सिर्पालीसँग देखिनेछ । तर सिनेमामा साराको जोडी कोसँग हुने भन्ने विषयलाई निर्माण टिमले खुलाएको छैन । ‘हामीले यो विषयलाई अझै सार्वजनिक गरेका छैनौँ, त्यसका लागि दर्शकले सिनेमा नै हेर्नुपर्ने हुन्छ ।’, मुस्कुराउँदै सलोनले सुनाए ।

यो सिनेमामा सलोन कमेडी भूमिकामा देखिएका छन् । दर्शकले सलोनलाई कमेडी बढीमा नै रुचाएको देखिन्छ । सलोन आफै पनि यो कुरालाई स्वीकार्छन् । सिनेमा ‘सुश्री सम्पत्ति’ छायांकनको समयमा उत्तिकै रमाइलो भएको र सिनेमा पनि स्तरीय बनेको सलोनले सुनाए ।

बेलाबेलामा सलोनले पनि अहिलेका चल्तीका नायक बराबर महंगो पारिश्रमिक लिने गरेको कतिपय निर्माताले बताउँदै आएका छन् । अर्कातिर सलोन राम्रा भनिएका मेकरका सिनेमामा रिपिट पनि भइरहेका हुन्छन् ।

यसबारे द सिनेमा टाइम्सले सोधेको प्रश्नमा सलोनले भने, ‘मार्केटमा सिनेमाको पारिश्रमिकलाई लिएर विभिन्न गसिप चल्ने गर्छ, यो विषयमा कुरै नगरौँ, तर मैले आफूले बाँच्न पुग्ने गरी राम्रै पारिश्रमिक लिने गरेको छु, मैले पनि काठमाडौंमा बाँच्नु छ नि हैन?’

‘सुश्री सम्पत्ति’ लाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । यसअघि उनले सिनेमा अर्धकट्टी निर्देशन गरेका थिए । ‘सुश्री सम्पत्ति’ को स्किृप्ट अभिमन्यु निरवी र जय शर्माले लेखेका हुन् भने अर्जुन तिवारीले छायांकन गरेका हुन् ।