‘रणबीर’को पोस्टरमा सुशिलको एंग्री लुक्स !

‘रणबीर’को पोस्टरमा सुशिलको एंग्री लुक्स !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ १८ गते रिलिज हुने सिनेमा ‘रणबीर’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य अभिनेता सुशिल सिटौलालाई मात्रै स्थान दिइएको छ । निर्माण टिमको अनुसार सिनेमाको निर्माण अन्तिम चरणमा पुगेको छ ।दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले मिलेर यो सिनेमालाई निर्माण गरेका हुन् । ‘रणबीर’लाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । सिनेमा एक्सन प्रधान कथाबस्तुमा आधारित रहेको निर्देशक सिंहले बताए । सिनेमामा शुशिल सिटौलाका अलवा प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीक पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजाल लगायतका कलाकारमो अभिनय रहेको छ ।

‘रणबीर’मा करिब दुई करोडको लगानीमा निर्माण भएको यसका निर्माता दीपेन्द्रले जानकारी गराए । सिनेमाको दुई ओटा गीतबाहेक बाँकी सबै छायाँकन सम्पन्न भएको छ । बाँकी रहेको दुई गीत १५ मँसिरबाट छायाँकन गरिने निर्माण टिमले जनाएको छ । सिनेमामा हर्कुलस बस्नेत, अमित श्रेष्ठ, सुशान्त गौतमको संगीत, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी, चन्द्र पन्तको द्धन्द्व, महेश पौडेलको छायाँकन, कृष्णा भण्डारीको सम्पादन रहेको छ ।