‘शुभलभ’ पोस्टरमा रोमान्टिक हरिहर र कृष्टिन

‘शुभलभ’ पोस्टरमा रोमान्टिक हरिहर र कृष्टिन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा ‘शुभलभ’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक पोस्टरमा सिनेमाका दुई मुख्य पात्र हरिहर अधिाकारी र कृष्टिन पौडेललाई स्थान दिइएको छ । युवा जोतिष हरिहर अधिकारी र कृष्टिन पौडेलले नेपाली सिनेमामा डेब्यु गर्दैछन् । सिनेमाको सार्वजनिक पोस्टरमा एक प्रेम जोडीको रोमान्टिक अवतारलाई प्रस्तुत गरिएको छ ।

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता श्री प्रदीप कुमार उदय हुन् । चैत्र १५ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । सिनेमामा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ ।

‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । भने निर्माता तथा हल सञ्चालक श्री प्रदीप कुमार उदय ‘शुभलभ’मा अतिथी कलाकारको रुपमा देखिनेछन् ।

सिनेमामा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कोरियोग्राफी रामजी लामिछाने, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।