चैत्र २२ गते रिलिज हुने ‘जीवन काँडा कि फूल’को फस्टलुक पोस्टर सार्वजनिक

चैत्र २२ गते रिलिज हुने ‘जीवन काँडा कि फूल’को फस्टलुक पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारितकृति ‘जीवन काँडा कि फूल’ बाट निर्माण गरिएको सिनेमा ‘जीवन काँडा कि फूल’ आगामी चैत २२ मा रिलिज हुने भएको छ । राजधानीमा बिहिबार एक कार्यक्रमका बीच सिनेमाको प्रदर्शन मिति र दुई पोष्टर सार्वजनिक गरियो ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार मोहन निरौला, लय संगौला, उत्तम केसी, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, सिनेमाका निर्माता तथा निर्देशक विनोद विष्ट, सिनेमाकी सह–निर्माता तथा गायिका जुनु गौतम, संगीतकार राजु सिह, नायक धिरेन शाक्यलगायतले पोष्टर सार्वजनिक गरेका थिए ।

निर्देशक विष्टले बच्चादेखि जेष्ठ नागरिकसम्मले पुस्तकमा पढिएकी अर्थात कहिले काहीँ टेलिभिजनको स्क्रिनमा देखिने र सुनिने साहित्यकार झमक घिमिरेको जीवन कहानीलाई समेटी निर्माण गरिएको सिनेमाले प्रेरणा दिने बताए ।

सिनेमा घिमिरेको जन्मस्थान धनकुटा, धरानको वीपी मेमोरियल अस्पताल र काठमाडौंमा छायांकन गरिएको हो । विनोद भारत सिलिगुडीका नेपाली भाषी हुन् । सिनेमामा अवस्था प्रधान, रोजिता बुद्धचार्य, स्वीकृति शर्मा, टीका सुवेदी, सारीका घिमिरे, किशन सुनार, उमा बेबी लगायतका कलाकारको अभिनय छ ।