फ्राईडे रिलिज : हलमा आयुष्मान र शिल्पाको ‘सानो मन’

फ्राईडे रिलिज : हलमा आयुष्मान र शिल्पाको ‘सानो मन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट हलमा सिनेमा ‘सानो मन’ले आफ्नो प्रदर्शनको सुरुवात गरेको छ । सार्वजनिक गीतसंगीत र ट्रेलरका कारण राम्रो चर्चा बटुलेको सिनेमामा आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका रहेको छ । यो सिनेमालाई सुयोग गुरुङ्गले निर्देशन गरेका हुन् । यो उनको डेब्यू निर्देशकिय सिनेमा हो । समिर सुनवार र निर्देशक गुरुङको कथा, पटकथा तथा संवाद लेखन रहेको छ ।

https://youtu.be/NGRDtlixyfI

आयुष्मान देशराज जोशी र शिल्पा मास्केका अलावा सिनेमामा सक्षम कृष्ण सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा सिनेमा निर्माण भएको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठले मिलेर सिनेमाको सम्पादन गरेका छन् । सिनेमाका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । सिनेमालाई आलोक शुक्लाले छायांकन गरेका हुन् ।

‘सानो मन’ सँगै सिंगल थिएटरमा अभिनेता सविन श्रेष्ठ स्टारर सिनेमा ’बदला’ पनि प्रदर्शनमा आएको छ । समिर मियाँले निर्देशन गरेको सिनेमामा नम्रता योगी, चन्दु चौधरी, मन्जिला चौधरी, राजाराम शाहलगायतका कलाकारको अभिनय रहेको छ । सिनेमामा चन्द्रकान्त चौधरीको निर्माण, निरज कुमारको संगीत, गजेन्द्र गजुको लेखन, रामजी लामिछानेको नृत्य, राजेन्द्र चौधरीको द्वन्द्व छ । सिनेमा एक्सन लभस्टोरी जनरामा निर्माण भएको छ ।