‘स्टार किड पनि सिनेमाबाट निकालिन्छन्’ : सोनाक्षी

‘स्टार किड पनि सिनेमाबाट निकालिन्छन्’ : सोनाक्षी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले सिनेमा क्षेत्रमा लगातार स्टार किड्सको विषयमा उठिरहेको प्रश्नको जवाफ दिएकी छन् । उनले स्टार किड्स भएर मात्रै सिनेमा नपाउने बताएकी छन् ।

उनले भारतीय मिडियासँग कुराकानी गर्दै भनिन्, ‘स्टार किडको बहस बेकार छ । किनकी, स्टार किड पनि सिनेमाबाट निकालिन्छन् । बस उनीहरु कोहिसँग रुन जादैनन् । यस्तो सबैलाई हुन्छ । त्यसैले यस्तो कुरामा सम्हालिन सिक्नुपर्छ, र यही जीवन हो ।’

उनले आफ्नो बुबाको उदाहरण दिदै भनिन्, ‘मेरो बुबा स्टार किड थिएनन्, तर उहाँले पनि धेरै प्रोजेक्ट्स गुमाएका छन् । यस्तो हरेक कलाकारलाई हुन्छ । यो नसुनेको र नयाँ कुरा होइन । सबैले आफ्नो जीवनमा कडा मिहेनत गर्दै अगाडी बढ्नुपर्छ ।’

सोनाक्षीले २०१० मा सलमान खानको सिनेमा ‘दबंग’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यो सिनेमा सुपरहिट साबित भएको थियो । त्यसपछि उनले ‘राउडी राठौर, लुटेरा, आर राजकुमार, फोर्स २, इत्तेफाक, होलिडे’ जस्ता सिनेमामा अभिनय गरिसकेकी छन् ।

-एजेन्सी