फागुन १ बाट ‘कठपुतली र चपली हाईट ३’ पुन: प्रदर्शनमा आउने

फागुन १ बाट ‘कठपुतली र चपली हाईट ३’ पुन: प्रदर्शनमा आउने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागुन १ गतेबाट सिनेमा हल सञ्चालमा आउने भएपछि सोही माघ ३ अघि प्रदर्शनरत सिनेमा ‘कठपुतली र चपली हाईट ३’ पुन: प्रदर्शन हुने भएका छन् । आइतबार मात्रै उपत्यका जिल्ला प्रशासन कार्यालयहरुले फागुन १ गतेदेखि सिनेमाहल खोल्न पाइने निर्णय गरिसकेको छ ।

प्रशासनको निर्णयसँगै रिलिज भएर पनि प्रदर्शन रोकिएको सिनेमा ‘कठपुतली र चपली हाईट ३’ फेरि सिनेमा हलमा प्रदर्शनमा आउने भएका हुन् । पौष १६ गतेबाट प्रदर्शनमा आएको ‘कठपुतली’ र पटकपटक रिजिज मिति सार्दै आएका निर्माता अर्जुनकुमारले ‘चपली हाईट ३’ पुस ३० मै सिनेमाम रिलिज गर्ने निर्णय गरेका थिए । तर रिलिज भएको तेस्रो दिनमा नै सरकारले सिनेमा हल बन्द गर्ने निर्णय र्गयो । जसकारण सिनेमा रिलिज हुन नपाउँदा निकै घाटा लागेको अर्जुन कुमारले बताए ।

फेरि पनि अर्जुनकुमार केही आशा बोकेर सिनेमा रिलिजको तयारीमा छन् । राम्रै प्रतिक्रिया पाएको भएर दर्शकहरु फेरि हलसम्म आउनेमा आशावादी छन् अर्जुनकुमार । ‘म त धेरै चोटी मारमा परिसकें । गाह्रो भएता पनि सिनेमालाई राम्रै प्रतिक्रिया आएका कारण आशावादी पनि छु । यसलाई एक मौकाको रुपमा लिएको छु । रामै हुन्छ होला । यो मौकामा दर्शकले साथ दिनुहुन्छ भन्ने आश छ’ उनले भने ।

फागुन १ गते कुनै पनि विदेशी तथा अन्य नेपाली सिनेमाहरु लाइनअपमा छैनन् । त्यसको दुई हप्तापछि फागुन १३ गतेबाट ‘लप्पन छप्पन २’ रिलिज हुने तय भएको छ । जसको फाइदा ‘चपली हाईट ३ र कठपुतली’ले उठान सक्ने विश्वास निर्मातालाई छ । कोरोना महामारी पश्चात राम्रो व्यापार गरेको ‘कठपुतली’ डिस होममा समेत रिलिज भैरहेको छ । हल बन्द भएका कारण डिजिटल रिलिजको बाटो रोजेको ‘कठपुतली’ निर्माण टिमले उल्लेख गरेको छ ।

सस्पेन्स थ्रिलर कथामा निर्माण भएको सिनेमालाई निकेश खड्काले निर्देशन गरेका हुन् । सिनेमामा अभिनेत्री स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतको अभिनय रहेको छ । भिमसेन लामाको निर्देशन रहेको सिनेमा ‘कठपुतली’लाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् । सिनेमामा मिथिला शर्मा, गौरी मल्ल, उषा रजक, कर्मा, शिल्पा मास्के, ध्रुब कोइराला, सुवर्ण थापा लगायतका कलाकारको अभिनय रहेको छ ।