पुन: रिलिज पूर्वसन्ध्याको प्रिमियर शोजमा रुचाइयो ‘चपली हाईट ३’

पुन: रिलिज पूर्वसन्ध्याको प्रिमियर शोजमा रुचाइयो ‘चपली हाईट ३’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘चपली हाईट ३’को पुनः रिलिजको पूर्वसन्ध्यामा प्रिमियर गरिएको छ । कोरोना महामारीको तेस्रो लहरका कारण चल्दाचल्दै हल बन्द भएपछि सिनेमाको पुन: प्रदर्शन अघि प्रिमियर गरिएको हो ।

आइतबारबाट देशभरीका हलमा ‘चपली हाईट ३’ पुनः रिलिज हुने निर्माण टिमले जनाएको छ । सिनेमाको शनिबार क्यूज हलमा भएको प्रिमियरमा कलाकार, सञ्चारकर्मी र अन्य अतिथिहरुको पनि सहभागिता रहेको थियो । सिनेमाका कास्ट एण्ड क्रिउको समेत सहभागीता रहेको प्रिमियर शोजमा मुख्य अभिनेत्री स्वस्तिमा खड्का र सुपुष्पा भट्ट भने अनुपस्थित रहेका थिए ।

प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार निर्मल शर्मा, निर्देशक प्रदिप भट्टराई, निर्देशक राम बाबू गुरुङ, निर्देशक विशाल भण्डारी, गायिका सुबानी मोक्तान, गायक प्रताप दास, अभिनेत्री उषा रजक, मोडल प्रियाना आचार्य, मोडल कविता न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

निकेश खड्काको निर्देशन रहेको सिनेमामा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट कँडेल, आमिर गौतम, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुस्मा निरौलाको अभिनय छ ।

सिनेमा भ्यालेन्टाइन डेको छेको पारेर पुनः रिलिज हुन लागगेको हो । निर्माता अर्जुन कुमारले भ्यालेन्टाइन छेकोमा रिलिज हुन लागेको र प्रिमियरमा सिनेमा हेरेका अधिकांशले सिनेमाको तारिफ गरेकाले दर्शकहरु आउने विश्वास रहेको बताए ।