खगेन्द्रको ‘डमरुको डण्डीवियो’ युट्युवमा रिलिज

खगेन्द्रको ‘डमरुको डण्डीवियो’ युट्युवमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – खगेन्द्र लाममिछाने अभिनित सिनेमा डमरुको डण्डीवियो युट्युवमा रिलिज गरिएको छ । सिनेमा शनिबार युट्युवमा रिलिज गरिएको हो । सिनेमा इन्टरनेटमा रिलिजएको एक दिनमै ट्रेन्डिङमा समेत प्रवेश गरेका छ ।

नेपालमा लोप हुँदै गैरहेको डण्डीबियोको कथालाई उठ्ठान गरेको सिनेमालाई स्वर्गिय छेतेन गुरुङले निर्देशन गरेका हुन् । सिनेमामा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।

समृद्दी इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको सिनेमामा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । सिनेमामा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।