कुवेर डंगोलको निर्देशनमा अनमोलले गरे टिभिसीको छायांकन

कुवेर डंगोलको निर्देशनमा अनमोलले गरे टिभिसीको छायांकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसी केही समय अघि एम्पाएर इनटरनेशनल एजुकेशन एण्ड भिजा सर्भिसेजको ब्राण्ड एम्बासडर नियुत्त भएका थिए । हालै अनमोलले एम्पाएरको फोटोसुट, टिभिसी टेलिभिजन कमर्सियल को छायांकन गरिएको छ । टिभिसीको निर्देशन सञ्चारकर्मी कुवेर डंगोलले गरेका छन् ।

अनमोल एम्पाएरले गर्ने विभिन्न सचेतना मुलक शैक्षिक इभेन्टमा सहभागी हुनेछन् । उनले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई एम्पाएरको तर्फबाट सहि सूचना पुर्याउने छन् । टिभीसीलाई शैक्षिक शैलीमा तयार गरिएको निर्देशक कुवेर डंगोलले बताए ।

‘हामीले टिभीएडको लागि २५ सेकेण्ड लम्बाई रहेको भिडियो तयार पारेका छौँ । यहाँ अस्ट्रेलिया पढ्न चाहने विद्यार्थीहरुको लागि छोटो संदेश छोडिएको छ’ निर्देशक डंगोलले भने । एम्पाएरले विद्यार्थीलाई दिदै आएको सेवालाई ध्यानमा राख्दै टिभीसी तयार गरिएको छ । रंग पत्रकार राजन घिमिरेको कन्सेप्टमा तयार भएको टिभीसीमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन तथा कलर रहेको छ ।

पछिल्लो पुस्तामा सबै भन्दा महंगा र डिमाण्ड भएका अभिनेताको रुपमा चिनिएका अनमोलले उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया जाने विद्यार्थीहरुलाइ एम्पाएरसँग जोडिएको जानकारी शेयर गर्नेछन् । केहि समय यता विधिन्न ब्राण्डसँग जोडिएका अनमोलले आफ्नो फ्लोअर्स मार्फत विद्यार्थी माँझ सहि जानकारी पुर्याउने उदेश्यका साथ एम्पाएरको ब्राण्ड एम्बेसडर बन्न तयार भएको बताएका छन् ।