‘ह्रस्व दीर्घ’बाट निर्देशनमा डेव्यु गर्दै नीता, मुख्य भुमिकामा हरिहर

‘ह्रस्व दीर्घ’बाट निर्देशनमा डेव्यु गर्दै नीता, मुख्य भुमिकामा हरिहर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री नीता ढुंगाना अब निर्देशक बन्ने भएकी छन् । उनको डेव्यु निर्देशन रहने सिनेमाको नाम ‘ह्रस्व दीर्घ’ राखिएको छ । हाल धमाध सिनेमाको प्रि-प्रोडक्सन कार्य भैरहेको छ ।

निता फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमा लभस्टोरी कथामा आधारित हुनेछ । सिनेमाको आगामी अषाढ महिनाबाट छायांकन सुरु हुनेछ । अभिनेत्री ढुंगानाका अनुसार केहीदिन एक भव्य कार्यक्रमका बीच सिनेमाको निर्माण घोषणा गरिनेछ ।

लभस्टोरी सिनेमामा ‘शुभलभ’ डेव्यु अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारीको मुख्य भुमिका रहनेछ । भने यही सिनेमाबाट निर्देशक बन्ने तयारीमा रहेकी अभिनेत्री नीताको पनि अभिनय रहनेछ ।