भारतीय ‘डिस्को किङ’ गायक बप्पी लहरीको निधन

भारतीय ‘डिस्को किङ’ गायक बप्पी लहरीको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

अस्पतालका चिकित्सक दीपक नामजोशीका अनुसार बप्पी पछिल्लो एक महिनादेखि बिरामी थिए । उनलाई १८ दिनसम्म आईसीयूमा राखेर प्यारामिटर सामान्य भएपछि सोमबार मात्रै डिस्चार्ज गरिएको थियो । मंगलबार उनलाई पुन रोगले च्यापेपटि परिवारले डाक्टरको टोली घरमै बोलाएको थियो । घरमा सामान्य चेकजाँच पछि पुन अस्पताल भर्ना गरिएको बलिउड मिडियाले जनाएका छन् ।

‘डिस्को किङ’ भनेर चिनिने बप्पीका ‘आई एम अ डिस्को डान्सर’, ‘यार विना चैन कहाँ रे’, ‘तम्मा तम्मा दे दे’ लगायतका गीत निकै चर्चित छन् । उनको पछिल्लो समय गाएको बलिउड गीत सिनेमा ‘बागी ३’को ‘भंकस’ हो । उनी गत वर्ष कोरोना भाइरसबाट समेत संक्रमित भएका थिए ।

बप्पी लहरीको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, राजनीतिक दलका नेता, संगीतकर्मी, सिनेमाकर्मी लगायतले शोक व्यक्त गरेका छन् । बप्पीको जन्म २७ डिसेम्बर १९५२ मा पश्चिम बंगालको जलपाइगुडीमा भएको थियो ।