‘टुहुरो’ निर्देशक रेशराज आचार्यको निधन

‘टुहुरो’ निर्देशक रेशराज आचार्यको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक रेशराज आचार्यको निधन भएको छ । दर्जन बढी नेपाली सिनेमा निर्देशन गरेका आचार्यको हृदयाघातका कारण निधन भएको मुख्य सहायक निर्देशक कल्याण अधिकारीले बताए ।

६३ वर्षीय निर्देशक आचार्यलाई हृदयाघात भएपछि ओम अस्पताल लगिएको तर यहाँ लगेको आधा घन्टामा नै उनको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । सिनेमा ‘मायालु’ बाट कलाकारको रुपमा नेपाली सिनेमामा प्रवेश आचार्यले ‘तिलहरी’ सिनेमाबाट निर्देशन यात्रा थालेका थिए । बन्नी प्रधानले यो सिनेमा निर्देशनमा उनलाई सघाएका थिए ।

निर्माता निर्देशक निरक पौडेल उनका सहोदर भान्जा हुन् । आचार्यका एक छोरा र श्रीमती छन् । विराटनगर मुल घर भएका आचार्यले गोपीकृष्ण मुभिजको ब्यानरका धेरै सिनेमा निर्देशन गरेका छन् । निर्देशक आचार्यले ‘टुहुरो’, ‘आमा’, ‘बन्धन’, ‘धर्मसंकट’, ‘माटो बोल्छ’ ‘प्रितिको फुल’ लगायतका १५ सिनेमामा निर्देशन गरेका छन् । उनको बिहीबार नै आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।