रामजी निर्देशित छोटो सिनेमा ‘हनिमुन’ रिलिज

रामजी निर्देशित छोटो सिनेमा ‘हनिमुन’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – छोटो सिनेमा ‘हनिमुन’ सार्वजनिक गरिएको छ । रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार भएको छोटो सिनेमाले बिहेपछि श्रीमान र श्रीमतीको रमाइलो पल हनिमुनको दिन हुने असमझदारीको कथा प्रस्तुत गर्छ ।

केटा अथवा केटीले बिहेका लागि राजी हुँदै गर्दा आफ्नो पार्टनरको विगतलाई एसेप्ट गर्नसक्नुपर्छ अन्यथा उनीहरुको विगतमा भएका ससाना कामलाई कोट्याउँदा त्यसले दाम्पत्य जिवन तनावपूर्ण तरिकाले अघि बढ्छ भन्ने सिनेमामा देखाइएको छ ।

सिनेमामा विशाल कटवाल र प्रतिभा केसीको अभिनय रहेको छ । निर्देशक ज्ञवालीले आफ्नो जन्मदिनको अवसर पारेर हनिमुन सार्वजनिक गरेका हुन् । उनले यसअघि ‘डार्क मुन’, ‘एक लभर’, ‘लकडाउन’ लगायतका छोटा सिनेमा निर्माण गरिसकेका छन् ।

सार्वजनिक सिनेमा हनिमुनमा बिजय अर्यालको स्वर, बिशाल निरौलाको म्युजिक, योगेश गाजीको ब्याकग्राउन्ड म्युजिक तथा मिक्सिंग, राजेन्द्र मोक्तानको कलरग्रेडिंग, शाहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ । सिनेमालाई संकल्प भुजेलले छायांकन गरेका हुन् ।

राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमा राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।