‘बच्चन पाण्डे’को ट्रेलर रिलिज, ‘बब्ली बाउन्सर’ बन्दै तमन्ना

‘बच्चन पाण्डे’को ट्रेलर रिलिज, ‘बब्ली बाउन्सर’ बन्दै तमन्ना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार अभिनित सिनेमा ‘बच्चन पाण्डे’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । मार्च १८ बाट विश्वभरका सिनेमा घरमा रिलिज हुने सिनेमामा एक्शन र कमेडीलाई स्थान दिइएको छ ।

सिनेमामा अक्षय ‘बच्चन पाण्डे’को भूमिकामा देखिएका छन् । कृति उनको जीवनीमा आधारित सिनेमा निर्माण गर्न चाहन्छिन् । सिनेमामा अर्शद वारसी र ज्याकलिन फर्नान्डेजको पनि मुख्य भूमिका छ । फरहाद साम्जीको निर्देशनमा निर्माण भएको सिनेमालाई नाडियाडवाला ग्रान्डसन इन्टरटेन्मेन्ट प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको छ । सिनेमामा साजिद नाडियाडवालाको लगानी रहेको छ ।

तमन्ना बब्ली बाउन्सर बन्दै
बलिउड अभिनेत्री तमन्ना भाटिया निर्देशक मधुर भण्डारकरको सिनेमा ‘बब्ली बाउन्सर’मा अभिनय गर्ने पक्का भएको छ । सिनेमाको छायांकन शुक्रबारबाट भारतको मोहालीमा सुरु भएको छ । सिनेमालाई यही वर्षको अन्त्यमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।

सिनेमालाई हिन्दी, तमिल र तेलुगू भाषामा निर्माण गरिनेछ । सिनेमामा तमन्नाको साथमा सौरभ शुक्ला, अभिषेक बजाज र साहिल वैद्यको मुख्य भूमिका छ । सिनेमामा अमित जोशी, आराधना देवन्थ र मधुर भण्डारकरको कथा तथा पटकथा छ । सिनेमालाई फक्स स्टार स्टुडियोज र जंगली पिक्चर्सले निर्माण गर्नेछन् ।