अर्को वर्षको दशैंमा अनमोलको ‘हनी बनी’ रिलिज घोषणा

अर्को वर्षको दशैंमा अनमोलको ‘हनी बनी’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसी र सलोन बस्नेतको मुख्य भुमिका रहने सिनेमा ‘हनी बनी’को रिलिज मिति घोषणा गरिएको छ । सिनेमा अर्को बर्षको दशैं अर्थात असोज १४ गतेबाट देशभरका सिनेमा घरमा रिलिज हुनेछ ।

दीवाकर भट्टराईको निर्देशक रहने सिनेमाको लागि हाल मुख्य अभिनेत्रीको छनोट भैरहेको छ । मार्चबाट फ्लोरमा जाने सिनेमालाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । अधिकांश छायांकन लण्डनमा गरिने छ । सिनेमामा अभिनय गर्ने अन्य कलाकारहरुको पनि चाँडै टुंगो लाग्ने निर्माता अजित कुमार थापाले बताएका छन् ।

एबी इन्टरनेशलको प्रस्तुती रहने सिनेमामा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा अंकित गौतम छन् । बेलायतमामा छायांकन हुने सिनेमाको लागत ७ करोड अनुमान गरिएको छ ।

यही टिमले निर्माण गरेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छन् । सिनेमाको चाँडै नयाँ रिलिज मिति घोषणा गरिनेमा निर्माण टिमले जनाएको छ । पुजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भुमिका रहेको सिनेमालाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।