‘हनी बनी’मा अनमोल र साराको जोडी

‘हनी बनी’मा अनमोल र साराको जोडी

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीवाकर भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ‘हनी बनी’को मुख्य अभिनेत्रीमा सारा सिर्पाली अनुबन्धित भएकी छिन् । निर्माण टिम र अभिनेत्री साराबीच सोमबार लिखित सम्झौता भएको हो । उनी सिनेमामा अनमोलको अपोजिटमा रहनेछिन् ।

सिनेमाको मुख्य भुमिकामा अभिनेता अनमोल केसी र अर्का अभिनेता सलोन बस्नेत केहीदिन अघि नै फाइनल भैसकेका छन् । मार्चबाट फ्लोरमा जाने सिनेमालाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । अधिकांश छायांकन लण्डनमा गरिने छ । धमाधम प्रि-प्रोडक्सनको काम भैरहेको सिनेमामा अभिनय गर्ने अन्य कलाकारहरुको पनि चाँडै टुंगो लाग्ने निर्माता अजित कुमार थापाले बताएका छन् ।

एबी इन्टरनेशलको प्रस्तुती रहने सिनेमामा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा अंकित गौतम र सनिस खकुरेल छन्, भने सिनेमामा अजित सिंह सह-निर्माताको रुपमा रहनेछन् ।

यही टिमले निर्माण गरेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ ।