जोन अब्राहमको ‘तेहरान’ निर्माण घोषणा

जोन अब्राहमको ‘तेहरान’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता जोन अब्राहमको मुख्य भुमिका रहने नयाँ सिनेमा ‘तेहरान’को निर्माण घोषणा गरिएको छ । सिनेमामा जोनको विल्कुल फरक एक्शन अवतार देख्न पाइनेछ । सिनेमामा जोनको अपोजिटमा अभिनय गर्ने अभिनेत्री बारेमा निर्माण टिमले केही पनि बताएको छैन् ।

सिनेमाको निर्माण घोषणासँगै रिलिज मिति पनि घोषणा गरिएको छ । यो सिनेमा अर्को वर्षको २६ जनवरीमा विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ । यही मितिमा यसअघि नै ऋतिक रोशन र दीपिका पादुकोनको अभिनय तथा सिद्धार्थ आनन्दको निर्देशन रहने सिनेमा ‘फाइटर’ र लभ रञ्जनको निर्देशनमा रनवीर कपुर र श्रद्धा कपुरको अभिनयर रहने अनटाइटल सिनेमाको रिलिज घोषणा भैसकेको छ ।

वर्ष २०२३ को सवैभन्दा ठुलो बक्सअफिस भिडन्तको रुपमा २६ जनवरीलाई लिएको बलिउड मिडियाले उल्लेख गरेका छन् । जोनको सिनेमा तेहरानलाई म्याडलक फिल्मस्को व्यानरमा दिनेश भिजानले निर्माण गर्दैछन् । सिनेमा सत्य घटनामा आधारित हुने निर्माण टिमले जनाएको छ ।