अभिनेता तथा र्यापर आशिष राना धरौटीमा रिहा

अभिनेता तथा र्यापर आशिष राना धरौटीमा रिहा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता तथा र्यापर आशिष राना (लाउरे) धरौटीमा रिहा भएका छन् । मंगलबार जिल्ला अदालत कास्कीका न्यायाधीश बाबुराम सुवेदीको इजलासले लागूऔषध मुद्दामा पक्राउ परेका लाहुरेलाई ५० हजार रुपैयाँ छाड्न आदेश दिएको हो ।

लाउरेसँगै पक्राउ परेका अरु ३ जनालाई भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए । अदालतले लागूऔषध मुद्दामा पोखरा महानगरपालिका-२१ का ३९ वर्षीय ध्रुवबहादुर थापा, रुपा गाउँपालिका-७ का ३० वर्षीय नवीनकुमार गुरुङ र पोखरा महानगरपालिका-८ सभागृहकी २२ वर्षीया सुस्मिता गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

लाउरे केही महिना अघि पाखरामा लागु औषधको कारोवार गरेको आशंकामा पक्राउ परेका थिए । उनले अभिनेता अनुप बराल, नम्रता श्रेष्ठ र विपिन कार्कीको अभिनय रहेको सिनेमा ‘ताण्डव’मा अभिनय गरेका थिए ।