वरिष्ठ लोकगायक तथा अभिनेता जयनन्द लामाको अन्तिम श्रद्धाञ्जली

वरिष्ठ लोकगायक तथा अभिनेता जयनन्द लामाको अन्तिम श्रद्धाञ्जली

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – वरिष्ठ लोकगायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तिम श्रद्धाञ्जली दिएका छन् । कलाकार लामाको शवमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।

बुधबार बिहान निधन भएका लामाको शव श्रद्धाञ्जलीका लागि बिहीबार बिहान १० बजेदेखि नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा राखिएको छ ।कलाकार लामाप्रति श्रद्धाञ्जली दिन चलचित्र तथा सांगीतिक क्षेत्रका थुप्रै कलाकारहरुसँगै सर्वसाधारण नाचघर पुगेका थिए ।

बौद्ध धर्मगुरुहरु पनि नाचघरमा पुगेर लामाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन् । स्वर्गीय लामाको शवलाई दिउँसो १ बजे बौद्ध परम्पराअनुसार अन्त्येष्टिका लागि स्वयम्भूमा लगिने जनाइएको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१, कौशलटारस्थित आफ्नै घरअगाडि गायक तथा कलाकार लामा बुधबार बिहान मृत फेला परेका थिए ।

कलाकार लामाका ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘कलकत्ते काइँयो’ थुप्रै चर्चित लोकगीत दिएका छन्, भने ‘मनको बाँध’, ‘छक्का पञ्जा’, ‘जय भोले’ जस्ता सिनेमामा अभिनय गरेका छन् । उनी पछिल्लो समय ‘हल्का रमाइलो’ टेलिसिरियलमा नियमित देखिंदै आएका थिए ।