शुक्रबारबाट हलमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज

शुक्रबारबाट हलमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुदर्शन थापा निर्देशित सिनेमा ‘म यस्तो गीत गाउँछु २’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । बुधबार गरिएको प्रिमियरमा सिनेमाकर्मी तथा संचारकर्मीले रुचाएको सिनेमाले दर्शकबाट राम्रो साथ पाउने विश्वास निर्माण टिमलाई छ ।

यस्तै, प्रदर्शन अगाडी सार्वजनिक गरिएका सिनेमा प्रचार सामाग्रीले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएका छन् । अनि सिनेमाले मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म उच्च शोज पाएका कारण पनि सिनेमाले राम्रो दर्शकको साथ मिल्ने आश छ । कोरोना महामारी पश्चात पहिलो पटक ठुलो ब्यानर र ठुलो बजेटको सिनेमा रिलिज हुन लागेकाले पनि सिनेमा क्षेत्र पुरानै लयमा फर्काउन सहयोग गर्ने विश्वास सिनेमाकर्मीलाई छ ।

सिनेमालाई पूजा शर्मा र सुदर्शन थापाले मिलेर निर्माण गरेका हुन् । ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतका कलाकारको अभिनय छ । निर्देशक थापाको कथालाई शिवम अधिकारी र दिनेश न्यौपानेले पटकथा तथा संवादमा ढालेका छन् ।

सिनेमाका सह निर्माता जन्मजय साम्पाङ्ग राई हुन् । बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शैलेन्द्र प्रधानको ब्याकग्राउन्ड स्कोर रहेको छ ।