जेष्ठ २० मा सुवर्ण थापा निर्देशित ‘म’ रिलिज घोषणा

जेष्ठ २० मा सुवर्ण थापा निर्देशित ‘म’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुवर्ण थापा निर्देशित सिनेमा ‘म’को रिलिज मिति घोषणा गरिएको छ । कान्तिपुर सिनेमा एकेडेमीले निर्माण गरेको सिनेमा म आगामी जेठ २० गतेबाट देशभरका सिनेमा घरमा रिलिज हुनेछ ।

कान्तिपुरका प्रमुख प्रकाश पुरीले वितरक कम्पनीहरु डिसिएन र एफडीसँग रिलीजको सम्झौता गरेका छन् । डिसिएनले काठमाडौं उपत्यका तथा एफडीले उपत्यका बाहिर सिनेमा रिलीज गर्नेछन् । सिनेमाको कथा निर्माता प्रकाश पुरीले लेखेका हुन् ।

सिनेमामा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, संजोग रसाइली, पुनम श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । कलाकारद्वय रसाईली र श्रेष्ठ सोहि एकेडेमीका विद्यार्थी हुन् । सिनेमाका निर्माता बिमला हुमागाईं र पदम पुरी हुन् ।

तेन्जीङ्ग पाल्देनको छायांकन रहेको सिनेमाको सम्पादन बनिस शाहले गरेका छन् । सिनेमा अध्यन गराउने कलेजले पहिलो पटक निर्माण गरेको र सफल सिनेमा ‘सुनगाभा’ फेम्ड निर्देशक सुवर्ण थापाले निर्देशन गरेका कारण ‘म’मा केहि नयाँ हुने अनुमान गरिएको छ । निर्देशक थापा निर्देशित द सिक्रेट अफ राधा रिलिजको तयारीमा छ ।