‘फर्स्ट फ्लाएर्स फिल्म अवार्ड’ विराटनगरमा गरिने

‘फर्स्ट फ्लाएर्स फिल्म अवार्ड’ विराटनगरमा गरिने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्,मुम्बइको डिजाइनमा ‘फर्स्ट फ्लाएर्स फिल्म अवार्ड–०७९’ आयोजना गर्ने भएको छ । ०७९ को बैशाख २४ गते बिराटनगरमा सम्पन्न गरिने छ ।

मोफसलमा समेत नेपाली सिनेमाको बिकास, बिस्तार र उन्नतीको लक्ष्य लिएर पहिलो संस्करण बिराटनगरमा आयोजना गर्न लागीएको आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजबंशीले बताए । उनले भने, ‘बिराटनगरजस्तो ठूलो शहरमा समेत नेपाली सिनेमाको बजार उच्च छैन । यस अवार्डले नेपाली सिनेमा तथा कलाकारप्रति दर्शकको अभिरुचि बढाउने बिश्वास लिएका छौ ।’

कोरियोग्राफरका रुपमा परिचीत साइमनले अवार्ड कार्यक्रम निकै भब्य हुने दावी गरे । भने,‘मैले केही बर्ष मुम्बइमा काम गरेको अनुभव र त्यहाँको साइमन फिल्मस्को डिजाइनअनुरुप भब्यताका साथ कार्यक्रम गर्ने योजना छ ।’ कार्यक्रममा प्रमुख अतिथि अभिनेता सरोज खनालले नेपाली सिनेमाको बिकासमा अवार्डले टेवा पुर्याउने बिश्वास ब्यक्त गरे ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बिराटनगरमा अवार्ड हुन लागेको सुन्दा आफूलाई निकै खुशी लागेको बताइन् । कार्यक्रममा चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले अवार्ड कार्यक्रममा गुणस्तरिय फिल्म निर्माणमा दवाव दिनुका साथै अब्बल कलाकारिताका लागि कलाकारलाई समेत प्रोत्साहीत गर्ने धारणा राखे ।

पत्रकार सम्मेलनमा संचारकर्मीहरुको जिज्ञासा मेट्दै आयोजक संस्थाका प्रमुख साइमनले अवार्ड शतप्रतिशत निष्पक्ष हुने दावी गरे । कार्यक्रममा संचारकर्मी तथा सिनेमा निर्देशक लक्ष्मण सुवेदी, कोरियोग्राफर कविराज गहतराज, नरेशवीर सिंहलगायतको उपस्थिति थियो ।

सिनेमा सम्बन्धी बिभिन्न २१ बिधामा अवार्ड प्रदान गरिने समारोहको प्रमुख सल्लाहकारमा अनिश सिंह ठकुरी, कार्यक्रम संयोजकमा अशिमा धुतराज र सञ्जु सापकोटा, ब्यबस्थापनमा बिमल धमला र कलाकार संयोजनमा आइपी आचार्य छन् । कोरोना महामारी अघि र पछि प्रदर्शन भएका सिनेमाहरु सहभागी हुने अवार्डको उत्कृष्ट ५ मनोनयन केही समयपछि सार्वजनीक गरिने बताइएको छ ।