प्रिमियर शोजमा ‘लप्पन छप्पन २’ लाई सकरात्मक प्रतिक्रिया

प्रिमियर शोजमा ‘लप्पन छप्पन २’ लाई सकरात्मक प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रिलिजको पूर्वसन्ध्यामा सिनेमा ‘लप्पन छप्पन २’को प्रिमियर शोजको आयोजना गरिएको छ । सिनेमा हेरेका सिनेमाकर्मी र सञ्चारकर्मीले सिनेमालाई सकरात्मक प्रतिक्रिया दिएका छन् । कोरोना महामारीका कारण पटक पटक रिलिज स्थगित भएको सिनेमा ‘लप्पनछप्पन २’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।

बिहीबार काठमाडौंको बिग मुभिज हलमा सिनेमाको प्रिमियर गरियो हो । मुस्ताङमा छायांकन भइरहेको सिनेमा ‘लाखे’को छायांकनमा व्यस्त भएका कारण सौगात मल्ल र अर्का अभिनेता अनुपविक्रम शाही प्रिमियरमा उपस्थित भएनन् ।

अर्पण थापा, शिव श्रेष्ठ, शक्ति श्रेष्ठ अभिनेत्री क्यारोलिन कोलिन्डा, निर्देशक मुकुन्द भट्ट र निर्माताहरु प्रिमियरमा उपस्थीत थिए । नेपाल, बेल्जियम, अष्ट्रेलिया र नेदरल्यान्डमा छायांकन गरिएको मल्टिस्टारर सिनेमाले राजनीति र अपराधको कथा भन्ने छ । सन् २०१७ मा रिलिज भएको सिनेमा ‘लप्पन छप्पन’को यो दोस्रो सिरिज हो ।

अभिनेता शिव श्रेष्ठ र छोरा शक्तिले सिनेमामा सँगै काम गरेका छन् । प्रिमियरपछि कुरा गर्दै अभिनेता श्रेष्ठले सकारात्मक देशभक्ति विषयवस्तुमा आधारित सिनेमा भएकाले हलमा पुगेर हेर्न दर्शकलाई अपील गरे । महामारीपछि बक्सअफिसलाई चलायमान बनाउन सिनेमाले भूमिका खेल्ने उनको अपेक्षा छ ।

सिनेमाका एक मुख्य कलाकार अर्पण थापाले हलसम्म फर्किन नपाएका दर्शकलाई ग्याङस्टर कथावस्तुले मनोरञ्जन दिने आशा व्यक्त गरे । ‘दर्शकले लामो समयदेखि ग्याङस्टर र राजनीतिक कथावस्तुका सिनेमा हेर्न पाउनु भएको थिएन,’ उनले भने, ‘विदेशमा रहेका नेपालीले समेत यसलाई रुचाउनु हुनेछ ।’

एक्सन ड्रामामा प्रकाश कुँवर, स्व।दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् ।

सिनेमाको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथामा अमित शर्माको पनि साथ छ । पुरुषोत्तम प्रधानले खिचेको सिनेमामा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट ९मिस्टर आरजे०, दीपक आरजे र बुलेट फ्लोको संगीत छ । ‘लप्पन छप्पन २’ नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चाइनिज गरी ६ भाषमा रिलिज हुनेछ ।

सिनेमामा किङ योगी र दिलिप ओकेडाको कोरियोग्राफी छ । भने, हिमाल केसीसहित निर्देशक भट्ट र सिमोन तामाङको एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् । सिनेमा निर्माणमा गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् ।

सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको सिनेमामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् । सिनेमामा समीर खरेल क्रियटिभ निर्माताको रुपमा रहेका छन् । भने, सह(निर्मातामा राजीव तामाङ, वेद बहादुर तामाङ, रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी छन् ।