मल्टीस्टारर सिनेमा ‘लप्पन छप्पन २’ शुक्रबारबाट रिलिज

मल्टीस्टारर सिनेमा ‘लप्पन छप्पन २’ शुक्रबारबाट रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट मल्टीस्टारर सिनेमा ‘लप्पन छप्पन २’ प्रदर्शनमा आएको छ । बिहीबार गरिएको प्रिमियर शोजमा मिश्रित प्रतिक्रिया पाएको सिनेमाले दर्शकको विश्वास जित्ने आश निर्माण टिमलाई छ । मध्यम हाइपका साथ रिलिज भएको सिनेमा हेर्न हलसम्म दर्शकको वर्ड अफ माउथको ठुलो सहयोग पुग्ने अपेक्षा छ ।

मुकुन्द भट्ट निर्देशित सिनेमाले देशभरका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म राम्रो शोज पाएको छ । नेपाल र विदेशमा छायांकन गरिएको सिनेमामा अन्तरदेशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितीलाई चित्रण गरिएको छ । एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व।दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् । सिनेमाको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथामा अमित शर्माको पनि साथ छ ।

पुरुषोत्तम प्रधानले खिचेको सिनेमामा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (मिस्टर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ । सिनेमामा किङ योगी र दिलिप ओकेडाको कोरियोग्राफी छ । भने, हिमाल केसीसहित निर्देशक भट्ट र सिमोन तामाङको एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् ।

सिनेमा निर्माणमा गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको सिनेमामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् । सिनेमामा समीर खरेल क्रियटिभ निर्माताको रुपमा रहेका छन् । भने, सह(निर्मातामा राजीव तामाङ, वेद बहादुर तामाङ, रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी छन् ।

यस्तै, गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘म यस्तो गीत गाउँछु २’ दोस्रो सातामा प्रदर्शन भैरहेको छ । सुदर्शन थापा निर्देशित सिनेमाले दर्शकबाट राम्रो साथ पाएको छ । सिनेमा अभिनेता पल शाह, पूजा शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।