कर्नाटकमा एकसातासम्म पुनिथको मात्र सिनेमा

कर्नाटकमा एकसातासम्म पुनिथको मात्र सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साउथ सुपरस्टार कन्नड अभिनेता पुनिथ राजकुमारको निधन भइसकेको छ । ४६ वर्षीय पुनिथको निधन गत वर्षको अक्टुबरमा भएको थियो । हृदयघात भएपछि उनलाई बेङ्गलुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनलाई मृत घोषणा गरिएको थियो ।

उनले सन् १९७६ मा सिनेमा ‘प्रेमडा कनिके’बाट डेब्यु थिए । सन् २०२१ मा रिलिज भएको सिनेमा ‘युवरथना’ पश्चात उनको अन्तिम सिनेमा ‘जेम्स’ आउँदो मार्चमा रिलिज हुने भएको छ । उनको जन्मोत्सव अर्थात् मार्च १७ मा सिनेमालाई अल इन्डिया रिलिज गर्ने तयारी निर्माण पक्षले गरिरहेका छन् ।

चेतन कुमारको लेखन तथा निर्देशन रहेको सिनेमा ‘जेस्म’ लाई कर्नाटकमा एक हप्ता सोलो रिलिज गरिने छ । भारतीय मिडियामा उल्लेख भए अनुसार पुनिथलाई श्रद्धाञ्जली स्वरूप मार्च १७ देखि २४ सम्म कर्नाटकमा उनको मात्र सिनेमा देखाइने छ । सिनेमा बहुभाषिक रुपमा रिलिज गरिने छ । सिनेमामा अनु प्रभाकर, श्रीकांत, आर सरथकुमार, तिलक शेकर मुकेश ऋिषी लगायतको अभिनय रहेको छ ।