‘चिसो एष्ट्रे’की शालीनताले पोजेटिभ बन्न सिकाउँछ : सृष्टि श्रेष्ठ

‘चिसो एष्ट्रे’की शालीनताले पोजेटिभ बन्न सिकाउँछ : सृष्टि श्रेष्ठ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री सृष्टि श्रेष्ठ अभिनित सिनेमा ‘चिसो एष्ट्रे’ आगामी चैत्र ४ गतेबाट प्रदर्शनमा आउँदै छ । सिनेमामा काम गरेपछि आफु अझ धेरै पोजेटिभ भएको अभिनेत्री श्रेष्ठले बताएकी छिन् । आइतबार राजधानीको एक रेस्टुरेन्टमा आयोजीत पत्रकार भेटघाट सञ्चार माध्यमसँग कुरा गर्दै उनले सिनेमामा काम गर्दाको अनुभव सुनाउने क्रममा सिनेमामा काम गर्दा पोजेटिभ इनर्जी आएको बताएकी थिइन् ।

‘मैले दुई वर्ष यो टिमसँग बिताएँ । पहिलो चोटि मलाई सिनेमाको सेटमा बस्दा मेडिटेसन गरेजस्तो सिनेमा भयो । व्यक्तिगत रुपमा पनि असल मानिस भएर निस्किएँ,’ सृष्टिले भनिन् । सृष्टिले सिनेमामा शालीनताको चरित्र निर्वाह गरेकी छिन् जो इन्स्टलेसन आर्टिस्ट हुन् ।

सृष्टिले ‘रोमियो एन्ड मुना’ मा कलाकारकै रुपमा अभिनय गरेकी छिन् । सृष्टि त्यो सिनेमामा फाइन आर्टको अभ्यास गर्छिन् । दुवै सिनेमामा कलाकार बनेको भए पनि दुवैको चरित्रमा आकाश जमिनको फरक रहेको उनले बताइन् ।

‘चिसो एस्ट्रेको शालीनता र रोमियो एन्ड मुनाको मुनाबीचमा धेरै फरक छ । मुना जीवन र सम्बन्धलाई लिएर जति अस्पष्ट थिई शालीनतामा त्यो दुविधा छैन,’ उनले भनिन्, ‘शालीनता धुलो धुवाँ र फोहोरले भरिएको काठमाडौँमा कला देख्ने मान्छे । उसको ग्राफ नै फरक छ ।’

सृष्टिलाई ट्रेलरमा पनि तारहरूको बीचमा ह्वाइट बटरफ्लाई टाँग्दै गरेको देखाइएको छ र उनले काठमाडौँलाई सिंगिङ बलको रुपमा चित्रित गरेको पनि देखाइएको छ । सिनेमामा दिव्यदेव, निकुन श्रेष्ठ, नविन लम्साल, रविन तामाङ आदि कलाकारको अभिनय रहेको छ । महेश बाबु मिमल्सिना प्रस्तुतकर्ता रहेको सिनेमालाई दिनेश पाल्पालीले निर्देशन गरेका हुन् ।