बलिउड अभिनेत्री सोनाक्षी सिन्हाविरुद्ध पक्राउ पुर्जी जारी

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाविरुद्ध पक्राउ पुर्जी जारी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री सोनाक्षी सिन्हाविरुद्ध धोकाधडी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । बलिउड अभिनेता शत्रुघन सिन्हाकी छोरी हुन् सोनाक्षी । उनलाई ४ वर्ष पुरानो मुद्दालाई लिएर पक्राउ पुर्जी जारी भएको हो ।

यो मुद्दामा अभिनेत्री सिन्हालाई गतवर्षको अप्रिल २५ तारिखमा अदालतमा हाजिर हुन आग्रह गरिएको थियो । तर, उनी पटक पटक अदालतले पेशी तोक्दा पनि उपस्थीत नभएपछि उनीविरुद्ध उत्तर प्रदेशको मुरादाबादको एसजेएम ४ कोर्टले पक्राउ पुर्जी जारी गरेको बलिउड मिडियाले उल्लेख गरेका छन् ।

मुरादाबारको एक पुलिस चौकीमा प्रमोद शर्माले मुद्दा दर्ता गरेका थिए । उनले उजुरीमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले कार्यक्रममा उपस्थीत हुन ३७ लाख रुपैयाँ लिएकी थिइन् । तर, विभिन्न कारण देखाउँदै उनी कार्यक्रममा उपस्थीत भैनन् । साथै उनले आयोजकबाट लिएको पारिश्रमिक पनि फिर्ता नगरेपछि आयोजक टिम अदालत पुगेको थियो ।