सौगात र मिरुना फिचर्ड ‘कबड्डी ४’को केशरी गीत रिलिज

सौगात र मिरुना फिचर्ड ‘कबड्डी ४’को केशरी गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रामबाबु गुरुङ निर्देशित सिनेमा ‘कबड्डी ४ : द फाइनल म्याच’को पहिलो गीत रिलिज गरिएको छ । ‘केशरी’ बोलको गीतमा सिनेमाका मुख्य अभिनेता सौगात मल्ल र मिरुना मगरलाई फिचर्ड गरिएको छ ।

सार्वजनिक गीत अभिनेता मल्ललाई कृष्ण र मिरुनालाई राधाको भुमिकामा प्रस्तुत भएका छन् । सार्वजनिक गीतमा एसडी योगीको संगीत तथा स्वर र राम अविरल बिष्टको शब्द रचाना रहेको छ । गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । सिनेमा आगामी वर्षको जेष्ठ १३ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।

बाँसुरी फिल्मस् र सुष्मा प्रोडक्सको प्रस्तुतिमा तयार भएको सिनेमामा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको पनि अभिनय छ ।

सिनेमामा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । सिनेमाका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन् ।

सुष्मा प्रोडक्सन ग्लोबलको युट्युब च्यानलबाट रिलिज गरिएको हो । ‘कबड्डी’का अघिल्ला तीन सिरिज बक्सअफिसमा ब्लकबस्टर सावित भएका थिए ।