लक्ष्मण सुनार निर्देशित ‘बुलाकी’ फर्स्टलुक पोस्टर रिलिज

लक्ष्मण सुनार निर्देशित ‘बुलाकी’ फर्स्टलुक पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लक्ष्मण सुनार निर्देशित सिनेमा ‘बुलाकी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । अन्तराष्ट्रिय नारी दिवसको अबसर पारेर सार्वजनिक सिनेमाको पोस्टरले दर्शकमाझ कौतुहलता पैदा गर्न सफल भएको छ ।

पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई मात्र प्रस्तुत गरिएको छ । कर्णाली भेगको जनजीवन, रितिथिति तथा संस्कृति समेटिएको सिनेमालाई टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् । स्व. मोति बिष्टको प्रस्तुति रहेको सिनेमा डोल्पा, जाजरकोट र रुकुमका बिभिन्न स्थानमा छायांकन गरिएको छ ।

सिनेमामा सुरक्षाका अलवा नरेन खड्का, डेव्यु अभिनेता बिराज बिष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारले अभिनय गरेका छन ।

छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा सौगात कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ शिब ढकालले खिचेका हुन् । केही समयमै सिनेमाको टिजरका साथमा प्रदर्शन मिति घोषणा गरिने जानकारी निर्माता टोपेन्द्रले दिएका छन् ।