‘परस्त्री’को शुभमुहूर्तमा रिलिज मिति घोषणा

‘परस्त्री’को शुभमुहूर्तमा रिलिज मिति घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुरज पाण्डेको डेव्यु निर्देशन रहने सिनेमा ‘परस्त्री’को शुभमुहूर्त गरिएको छ । आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा सिनेमाको शुभमुहूर्तसँग छायांकन सुरु भएको जानकारी दिइयो । सिनेमाको निर्माण टिम गीत खिच्न आजै मुस्ताङ हिडेको छ ।

लेखक तथा निर्माता दिपेन्द्र के खनालले सवैभन्दा पहिले आफुहरु गीतको छायांकन गर्ने अनी मात्रै काठमाडौंमा सिनेमाको सिन खिच्ने गरी तयार भएको बताए । मुस्ताङमा १० दिनसम्म सिनेमाको गीतको छायांकन गरिनेछ । भने, बाँकी ३० दिन काठमाडौं छायांकन सेड्युल राखिएको छ ।

नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण गरिने सिनेमाको शुभमुहूर्तसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । सिनेमा आगामी वर्षको तिहार अर्थात कार्तिक ६ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । डिएस डिजिटलको व्यानरमा निर्माण हुने सिनेमाकी निर्मात्री शर्मिला पाण्डे हुन् ।

सिनेमामा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सिनेमालाई निरज पाण्डेले खिच्ने छन् । निर्देशम पाण्डेले आफु र आफ्नो टिमले लामो समयदेखि सिनेमाको प्रि-प्रोडक्सनको राम्रो तयारी गरेकाले पनि राम्रो सिनेमा बन्ने विश्वास व्यक्त गरेका छन् ।