‘राधा’ निर्देशक सुवर्ण थापाले ‘भृकुटी’ निर्देशन गर्ने

‘राधा’ निर्देशक सुवर्ण थापाले ‘भृकुटी’ निर्देशन गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘राधा’का निर्देशक सुवर्ण थापाले नयाँ सिनेमा निर्देशनको जिम्मेवारी पाएका छन् ।

बेइजिङ अन्तर्राष्ट्रिय डान्स फिल्म फेस्टिभल २०२२ को दौरान चिनियाँ र नेपाली निर्माताबीचको सहकार्यमा सिनेमा ‘भृकुटी’ निर्माण गरिने घोषणा भएको हो । यसमा निर्देशक थापाको लेखन र निर्देशन रहनेछ । उनलाई लेखनमा तेजेन्द्र शेरचनले सघाउने छन् ।

‘भृकुटी’ बनाउनेबारे शुक्रबार दुई पक्षबीच लेटर अफ इन्टेन्टमा हस्ताक्षर समेत भएको छ ।

थापा निर्देशित सिनेमा ‘राधा’लाई शुक्रबार नै चीनको राजधानी बेइजिङमा समेत प्रदर्शन गरिएको छ । चाइना पर्फमेन्स अफ इन्डष्ट्रिज एसोसिएसनको समन्वयमा आयोजित उक्त फेस्टिभलमा सिनेमा प्रदर्शन गरिएको हो ।

उक्त फेस्टिभलमा ‘भृकुटी’संगै दुई चिनियाँ सिनेमा नेपालमा छायांकन गर्ने सहमति भएको छ ।

नेपालको तर्फबाट समन्वयकर्ता केशवबहादुर कुँवर र बेइजिङ औलिन कल्चर मिडिया कम्पनीका महाप्रबन्धक सियाङ युबीच सिनेमा ‘डियर स्ट्रेन्जर’ र ‘लेट्स गो डान्सिङ इन नेपाल’ नेपालमा छायांकन गरिने गरि निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

निदेशक थापाको ‘राधा’ यतिबेला अलनेपाल प्रदर्शनरत छ । सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, बुद्धि तामाङलगायतको अभिनय रहेको सिनेमालाई दर्शकले रुचाएका छन् । सिनेमाले प्रिमियरसमेत सकारात्मक प्रतिक्रिया बटुलेको थियो ।